अन्तर्राष्ट्रिय

प्रहरी जाँचचौकी आक्रमणमा आठ सैनिक मारिए

अफगानिस्तान । अफगानिसतानको पश्चिम प्रान्त बादघिसमा अवस्थित सेनाको जाँचचौकीमा तालिबान लडाकू समूहले गरेको सोमबार राति गरेको आक्रमणमा परी आठ अफगान सेनाको मृत्यु भएको छ ।

लडाकू समूहले गरेको आक्रमणपछि सेनाले सुरक्षा कारबा्हीमा परी आठ लडाकू पनि मारिएका स्थानीय अधिकारीहरुले मङ्गबार जानकारी दिएका छन् ।

लडाकू समूूह र अफगान सेनाबीच रातभरी झडप भएको बताइएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।