राजनीति

ओली नेतृत्वको सरकारका कारण मुलुकमा भ्रष्टचार वढ्योः नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रकाशमान सिंहले वर्तमान ओली नेतृत्वको सरकारकै कारण देशमा भ्रष्टाचार बढेको बताएका छन् ।

नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष स्व मङ्गलादेवी सिंहको २३औँ स्मृति दिवसको अवसरमामा  काङ्ग्रेस नेता सिंहले सरकारको अलोकप्रिय कदमकै कारण यसले नागरिकको भरोसा गुमाउँदै गएको दाबी पनि गरेका हुन् ।

’भ्रष्टाचार नियन्त्रण हुन दिन्नौं भनेर सरकारले भने पनि सरकारकै कारण दिनदिनै ठुल्ठूला भ्रष्टाचारका घटना बाहिर आइरहेको उनको भनाइृ छ । उक्त अबसरमा नेता सिंहले नेपाली महिलाको हक अधिकारको लागि आवाज उठाउने पहिलो महिला मङ्गलादेवी सिंहको भएको बताएका छन ।

नेता सिंहले नेपालमा एकतन्त्रीय राणाशासन फाल्ने कुरामा होस् या प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा होस् मङ्गलादेवी सिंहको महत्वपूर्ण योगदान रहेको रहेको बताएका छन् । “विसं २०७२ मा जारी भएको संविधानले महिलालाई जुन किसिमको अधिकार दिएको छ, त्यो महिलाको आन्दोलनका कारण भएको उनको भनाई छ ।

नेपाल महिला सङ्घ काठमाडौँ जिल्लाको आयोजनामा आज बिहान स्व सिंहको सालिक रहेको ठाउँ शोभाभगवतीमा एक कार्यक्रमको आयोजना गरी माल्यापर्ण गरिएको हो । कार्यक्रममा काङ्ग्रेस काठमाडौँका सभापति सबुज ९कृष्ण० बानियाँले महिलाको हकअधिकारका लागि मात्र नभएर गणेशमान सिंहलाई सर्वोच्च नेता बनाउन मङ्गलादेवी सिंहको ठूलो योगदान रहेको बताए ।

कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभाग खड्गी, प्रदेश सभा सदस्य जीवन डङ्गोल, नेपाल महिला सङ्घ काठमाडौँकी अध्यक्ष विष्णुदेवी पुडासैनीलगायतको सहभागिता रहेको थियो । महिलाको हकअधिकारलाई सुरक्षित बनाउन विसं २००४ साउन २४ गते स्व मङ्गलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई महिला सङ्घको स्थापना गरिएको थियो ।