आर्थिक

सनराईज बैंकको १२१ औं शाखा बानेश्वरमा

काठमाडौं । सनराईज बैंकले काठमाडौंको बानेश्वरमा १२१ औं शाखा सञ्चालनमा ल्याएको छ । ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको मा सोमबारदेखी बानेश्वरमा १२१ औं शाखा संचालनमा ल्याएको हो ।

सोमबार आयोजित औपचारिक कार्यक्रमा बैंकको अध्यक्ष मोतीलाल दुगड र संचालक समितिका सदस्यहरु बच्छराज तातेड र शारदा शर्मा पुडासैनीले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

सोहि कार्यक्रममा काठमाडौं महानगरपालिकाका वडा १० को अध्यक्ष राम कुमार के. सी र शारदा शर्मा पुडासैनीलेए. टि. एम. उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालका साथै अन्य पदाधिकारीहरmको पनि उपस्थिति रहेको थियो ।

हालसम्म सन्राइज बैंकले१२१ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १४१ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थप शाखाहरm संचालन गर्ने योजना रहेको जनाएको छ ।