राजनीति

एनसेल प्रकरणमा सर्बाेच्चको फैसला बिबादास्पद र बिडम्बनापुर्णः अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले एनसेल प्रकरणमा सर्बाेच्चले गरेको फैसला प्रति आपक्ति जनाएका छन् ।

आज सामाजिक सञ्जाल ट्वीट मार्फत एनसेलले गरेको करछलि प्रकरणमा सर्वोच्च अदालतको पछिल्लो फैसला विवादस्पद र विडम्बनापूर्ण भएको उनले उल्लेख गरेका छन् ।

मुलुकमा बढ्दो भ्रष्टाचार, ठगी र अनियमितता नियन्त्रण कार्यमा राज्यका सबै अंगहरुको समान प्रतिबद्धता हुनुपर्नेमा उनको जोड् रहेको छ । साथै यस्ता विकृति अन्त्यका लागि राज्यका सबै अंगको समान प्रतिबद्धता हुनुपर्ने र सबै राजनीतिक दल एकै ठाउँमा आउनुको विकल्य नभएको उनको ट्वीटमा उल्लेख छ ।

सरकारको वा कुनै पनि एउटा अंगले यस्ता विकृतिमा कारवाही गरेको जस्तो तर त्यसपस्चात गर्ने अर्कोले उल्टाई दिने नाटकीय प्रबृत्ति तत्काल बन्द गर्न पनि उनले चेतावनी दिएका छन् ।

हिजो मात्रै सर्बाेच्च अदालतले एनसेलको करछली प्रकरण्मा विषयमा फैसला गरेको थियो । उक्त फैसलामा ठुला करदाता कार्यालयले गत बैशाखमा दुरसञ्चार सेवा प्रदायक कम्पनी ऐनसेललाई एक हप्ताभित्र कर तिर्ने निर्णय खारेज गरको थियो ।

 

उनको ट्वीटः एनसेल करछलि प्रकरणमा सर्वोच्च अदालतको पछिल्लो फैसला विवादस्पद र विडम्बनापूर्ण छ। भ्रष्टाचार, ठगी र अनियमितता नियन्त्रण कार्यमा राज्यका सबै अंगहरुको समान प्रतिबद्धता नभएसम्म यस्ता विकृति अन्त्य हुन सक्दैन।एउटा अंगले कारवाही गरेको जस्तो गर्ने अर्कोले उल्टाई दिने नाटक बन्द गर।