राजनीति

डा भट्टराईको आक्रोशः के झापा आन्दोलन भजन गाएर भएको थियो ?

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका राष्ट्रिय परिषदका अध्यक डा बाबुराम भट्टराई र नेकपाका नेता भिम रावलबीच आजभोली कैलालि घटनालाई लिएर सामाजिक सञ्जालमा दोहोरी नै चलेको छ ।

कैलालीको टीकापुरमा थरुहटर÷थारुवान सम्मेलनमा उपस्थित भई डा भट्टराईले दिएको अभिव्यक्तिलाई लिएर दुई नेता बीच सामाजिक सञ्जाल मार्फत चर्का– चर्कि भईरहेको देखीएको छ । दुई नेताले एक अर्काको अभिव्यक्तिलाई लिएर टिका टिप्पणी गरिरहेको छन् । 

भाद्र ७ गते डा भट्राईले उक्त कार्यक्रममा आफ्नो अधिकारका लागि काठ्माडौं मै गएर सरकारका बिरोध लड्न थरुहटलाई सुझाव दिएका थिए । साथै नेता भट्टराई थरुहटका नेता रेशम चौधरिको विषयलाई राजनीतिक रुपमा समाधान गर्नुपर्ने बताएका थिए ।

सोहि बिषयलाई लिएर नेता रावलले भटेराईको अभिव्यत्तिले मुलुकमा अशान्ति छाउन सक्ने बताएका छन् । साथै एउटा सरकारको उच्च तहको व्यक्तिले गैरजिम्मेवारी अभिव्यक्ति दिएको भन्दै भट्राईको अभिव्यक्तिको टिप्पणी गरेका थिए ।रावलले आफ्नो सामाजिक सञ्जाल ट्वीटमा यस्तो लेखेका थिएः भाद्र ७ गते टीकापुर सभामा बाबुराम भट्टराई लगायत काठमाडौंबाट गएकाको कुरा यूट्युवमा सुनें ।

उत्तेजनापूर्ण, सामाजिक सद्भाव विथोल्ने, विभाजनकारी, षडयन्त्रकारी, साम्प्रदायिक, सिद्धान्तहीन र गैरजिम्मेवार ।कति मानिस मारिएपछि, अशान्ति र भद्रगोल भएपछि बाबुरामजी जस्ता सन्तुष्ट हुने होलान् ।  रावलको यस्तो अभिव्यक्ति पछि पुन् भट्राईले अर्काे ट्वीट रावलको यस्तो भनाईको खण्डन गरेका छन् । उनले मार्कसले प्रतिपादन गरेको कम्युनिष्ट सिद्धान्तमा शान्ति र सद्भाव निरपेक्ष नभई सपेक्ष हुने उल्लेख गरेका छन् ।

साथै न्याय र समानता विनाको शान्ति र सद्भावको आलापलाई समाजका बर्चस्वशाली वर्ग र जातिको पाखण्ड ठान्ने बताउँदै कम्युनिष्ट पार्टी नाम राखेको पार्टीले एकलजातीय अहंकारवादी कुरा गरेको नसुहाउने बताएका छन् ।

उनले आफनो ट्वीटमा यस्तो उल्लेख गरेका छन्ः  मार्क्सले प्रतिपादन गरेको कम्युनिष्ट सिद्धान्तले शान्ति र सद्भाव निरपेक्ष हैन सपेक्ष हुन्छ भन्छ!न्याय र समानता विनाको शान्ति र सद्भावको आलापलाई समाजका बर्चस्वशाली वर्ग र जातिको पाखण्ड ठान्छ! नाउँ ‘कम्युनिष्ट पार्टी’ राख्ने तर कुरा यस्तो एकलजातीय अहंकारवादी गर्ने?अलि सुहाएन है!…

साथै नेता भट्टराईले अर्काे एक ट्वीट मा नेता रावललाई झापा आन्दोलन के भजन गाएर भएको थियो भन्दै प्रश्न गरेका छन् ? उनले थारु समुदाएको जमीन खोसेर उनीहरूलाई नै कमैया, कमलरी बनाउनु के कम्युनिज्म”हो? भन्दै प्रश्न गरेका छन् ।

उनले अगाडी तपाईंले थारू भाषामा जाँच दिनुपरेको भए अहिले यो ठाउँमा पुग्नुहुन्थ्यो ? थारू र मैथिली र नेवारी भाषामा लोकसेवा जाँच दिनु परे तपाईँका कति सजातीय अहिले सचिव हुँदाहुन ?उनले प्रश्न गरेका छन् ।

उनले आफ्नो अर्को ट्वीटमा यस्तो उल्लेख गरेका छन्ः   मित्र भीम रावललाई प्रश्न(झापाआन्दोलन भजन गाएर भएको थियो?थारूहरूको जमीन खोसेर उनीहरूलाई नै कमैया,कमलरी बनाउनु”कम्युनिज्म”हो?तपाईंले थारू भाषामा जाँच दिनुपरेको भए अहिले यो ठाउँमा पुग्नुहुन्थ्यो?थारूरमैथिलीरनेवारी भाषामा लोकसेवा जाँच दिनु परे तपाईँका कति सजातीय अहिले सचिव हुँदाहुन ?