अन्तर्राष्ट्रिय

काश्मिर समस्या नियन्त्रणमा रहेको प्रधानमन्त्री मोदीको विश्वासः ट्रम्प

एजेन्सी । भारतीय सरकारले काश्मिर तनाव नियन्त्रणभित्र रहेको महशुस भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताएका छन् ।

काश्मिर तनावबारे भारत र पाकिस्तानसँग मध्यस्थता गर्नु आवश्यकता नरहने आफूले महशुस गरेको राष्ट्रपति ट्रम्पले फ्रान्सको वियारिजमा भइरहेको जी–सेभेन सम्मेलनका अवसरमा बताएका हुन् । यसै महिनाको शुरूमा राष्ट्रपति ट्रम्पले आवश्यक परे काश्मिर बिषयमा अमेरिकाले मध्यस्थता गर्ने बताए ।

तर फ्रान्समा भारतीय प्रधानमन्त्री मोदीसँगको भेटपछि उनले भने “काश्मिर समस्या विल्कुल भारतको नियन्त्रणमा रहेको प्रधानमन्त्री मोदीले विश्वास व्यक्त गरे । भारतीय जनता पार्टीको नेतृत्वमा सरकार गठन भएपछि भारत–प्रशासित काश्मिरको विशेष अधिकारलाई खारेज गरी अगस्ट ५ केन्द्र सरकारको मातहतमा राखेको थियो ।

उक्त घटनाप्रति पाकिस्तानले विरोध जनाउँदै आएको छ । ट्रम्पले प्रधानमन्त्री मोदीसँग काश्मिर सम्बन्धमा आइतबार लामो कुराकानी गरेको बताए । प्रधानमन्त्री मोदी तथा पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग फोनमार्फत कुरा गरेपछि काश्मिरमा भयावह अवस्था रहेको भन्दै मध्यस्थताका लागि आग्रह गरेका थिए ।