लुम्बिनी

९०० ग्राम गाँजासहित दुई महिला पक्राउ

पाल्पा । जिल्लाको तिनाउ गाउँपालिकाको दोभानमा गाँजासहित दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिनाउ–६ का २३ वर्षीया सीता बुचा र सोही स्थानका ४० वर्षीया विमला राना रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्ण राज सापकोटाले बताए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बुचाबाट ५५० ग्राम र रानाबाट ३५० ग्राम गाँजा नियन्त्रणमा लिएको हो । सिद्धार्थ राजमार्गमा पाल्पादेखि बुटवलतर्फ जाँदै गरेको लु १ ख ५५४७ नम्बरको बस रोकी जाँच गर्दा उक्त गाडीमा यात्रा गर्ने दुई महिलाका बोरामा गाँजा भेटिएको प्रहरीले जनाएको छ । दोभान प्रहरी चौकीका प्रनानि बालबहादुर घर्ती नेतृत्वको टोलीले महिलालाई नियन्त्रण लिएको हो ।