आर्थिक

चार्डपर्वलाई खुसियाली बनाउनुस् ‘रेनो शुभ दिन छ’ का साथ

काठमाडौँ । रेनोको लागि नेपालको आधिकारी वितरक एड्भान्स अटो मोवाइल प्रा.ली. ले दशै तिहार चार्डपर्व अफर घोषणा गरेको छ । कम्पनीले ‘रेनो शुभ दिन छ’ स्किम संचालनमा ल्याएको हो । यस स्किममा ग्राहकले थुप्रै फाइदा लिन सक्ने छन् । यो स्किम दशै तथा तिहारलाई मुख्य लक्ष्य बनाएर “अब रेनो सँग हरेक दिन शुभ दिन” भन्ने नारा सहित सार्वजनिक गरिएको हो ।

‘रेनो शुभ दिन छ’ लाई शुभ र दिनबाट लिइएको हो, जसले रेनो गाडी भएमा हरेक दिन शुभ हुन्छ भन्ने बुिझन्छ । हरेक रेनो गाडीको खरिदमा ग्राहकहरुले ५ लाखसम्मको नगद छुटका साथ विभिन्न फाइदाहरु पाउन सक्नेछन् । यस योजनामा रेनोका ग्राहकले नगद छुट, फ्रि इन्सयोरेन्स, फ्रि एशेसरिज, लोयल्टी बोनस, एक्सचेन्ज बोनस र ५ वर्षको वारेन्टी रहेको छ ।

यस्ता मुख्य सुविधाहरु कम्पनीले आफ्ना ग्राहकको खुसीको लागि ल्याउने गरेको छ । यो चाडपर्वको सिजनमा रेनो कारसँग खुसी सट्दै आफ्नो जिवनशैलीलाई उच्च बनाउनु होस् । यो स्किम रेनोको रेनो डस्टर, रेनो क्याप्चर र रेनो क्विडमा लागु हुने छ ।