लुम्बिनी

भरुवा बन्दुकसहित एक जना पक्राउ

धम्बोझी । बर्दिया जिल्लामा प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । आइतबार बिहान ११ बजे इलाका प्रहरी कार्यालय मोतिपुर बर्दिया र अस्थायी प्रहरी पोष्ट लक्ष्मणाबाट खटिएको प्रहरी टोलीले बाँसगढी नगरपालिका–९ माछागढ बस्ने ३२ वर्षीय धनबहादुर रानामगरलाई उनकै घरबाट एक नाल भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

पक्राउ परेका रानामगरमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए ।