समाचार

सकियो लामिछानेको वयान, न्यायाधीश रावलको इजलासमा थुनछेक बहस सुरु

चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभजन प्रस्तोता रवि लामिछाने र युवराज कँडेलसहित तीनै जनाको वयान सकिएपछि थुनछेक बहस सुरु भएको छ ।

न्यायाधीश हेमन्त रावलको इजलासमा थुनछेक बहस भइरहेको जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिए ।