राजनीति

यसरी गर्जिए युवा संघका सहसँयोजक एबम् नेकपा युवा नेता पौडेल ओलीका बिरोधी बिरुद्ध

काठमाण्डौ । नेकपाको युवा भातृसंस्था नेकपाको युवासंघका सहसंयोजक रमेश पौडेलले नेकपा अधयक्ष केपी शर्मँ ओलीको सरकारले देश र जनताको पक्षमा काम गरिरहेको भएपनि प्रतिरोध र पूर्वाग्रहको चस्मा लगाएर बद्ना गर्न खोजिएके बताएका छन् । दुईतिहाई मतको सरकार बनेको छोटो अबधीमा सरकारले देश र जनताको लागि प्रधानमन्त्री ओलीको नेतृत्वमा यस्ता काम गरेको दाबी नेकपाका युवा नेता समेत रहेका पौडेलको छ । उनले बिभिन्न १८ वटा बुंदामा आफ्नो पार्टीको सरकारले गरेका कामहरुको फेहरिस्ता दिएका छन्ः

स्याल हुईया चलाईदै छ सरकारका बिरुद्ध । केही भएन र गरेन भनेर गैबल्स शैलीमा भनिएको भनिऐ छ । प्रतिशोध र पूर्वाग्रहको चस्मा लगाएर सच्याइ देदिदैन । यी हुन् प्रधानमन्त्री ओलीले समृद्ध नेपालको लागि छोटो अवधिमा बसालेका जगहरु । यस्लाई के भन्नु हुन्छ ?

१. नेपाल–भारत –मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिच्छ्याउने काम सम्पन्न भएको छ । तीस महिनामा सकाउने लक्ष्य लिइएको पेट्रोलियम पाइपलाइनको काम १५ महिनामै सम्पन्न भई परीक्षणसमेत सकिएको छ । अव पेट्रोलियम पाइपलाइनबाटै इन्धन आपुर्ति हुनेछ । जसबाट बार्षिक ७ अर्व ढुवानी खर्चमात्रै बचत हुनेछ ।

२. चीनसँगको पारवहन सन्धी, बिकाससँगको कनेक्टिभिटी मुलुकको लागि महत्वपूर्ण कोशेढुङ्गा हो । जस्ले ल्याण्डलक कन्ट्री नेपाललाई ल्याण्ड लिंक कन्ट्रीमा परिणत गराएको छ ।

३. पूर्व पश्चिम विद्युतीय रेल मार्गको डीपीआर तयार हुनु पनि यति छोटो समयमा ठूलो छलाङ नै हो । काठमाडौं निजगढ फास्ट ट्रयाकले गति लिनु, चाइना–नेपाल रेलमार्ग र भारत नेपाल रेलमार्गको बहस र सम्भाव्यता अध्ययन शुरु हुनुलाई ओली सरकारकै सकृयता हो । यसलाई कसैले अन्यथा भन्न सक्छ र?

४. देशभरमा २ वर्षीभत्र ४ सय भन्दा बढी तुइन बिस्थापित हुनु र नयाँ युगको आभास दिलाउन सक्नु पनि एउटा क्रान्ति नै हो । अहिले मुलुकभर तुइन बिस्थापनको अवस्थामा छ । कुनै सरकारले नदेखेको यो कामलाई ओली सरकारले नै अघि बढाएको हो ।

५. लामो समय समस्यामा फसेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजना पूर्णरुपमा निर्माण सम्पन्न भएको छ । आयोजनाको पहिलो युनिट भने गत जेठ २ गतेदेखि नै सञ्चालनमा आएको हो । दोस्रो युनिट पनि चलेपछि आयोजनाबाट कूल ६० मेगावाट विद्युत् उत्पादन भएको छ । आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहबाट २२० केभी क्षमताको प्रसारण लाइनमार्फत काठमाडौंको मातातीर्थमा रहेको सबस्टेशनमा जोडिएको छ । एघार बर्षपछि यो आयोजनाले दिएको खुसी पनि ओली सरकारकै कारण भएको होइन र ?

६. निर्माण शुरु गरेको निश्चित समयमै भैरहवा र पोखरास्थित अन्तराष्ट्रिय हवाइ मैदान तयार हुन गई अन्तिम अवस्थामा पुग्नु र यही अवधिमा आधा दर्जन नयाँ ठाउँमा डोमेस्टिक एअरपोर्टको सुरुवात सञ्चालन र ६२ वर्षदेखि पुनर्निर्माण हुन नसकेको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल रातारात बनाइनु पनि कम्तिको बिषय होइन । अव अन्तराष्ट्रिय बिमानस्थल २४ सै घन्टा सञ्चालन गर्न सक्ने अवस्थामा पुगेको छ । यो काम सामान्य होइन भन्ने कुरामा दुईमत हुन्न ।

७. इन्धन अन्वेषणको लागि यतिबेला दैलेखदेखि विभिन्न जिल्लामा करिब एक दर्जन स्थानमा चाइनिज र जर्मन टोलीहरुले जमिन प्वाल पारेर धमाधम हेरिरहेका छन । यहीबीचमा पाल्पामा फलाम खानी भेटिईसकेको छ भने अन्य खनिजजन्य बस्तुहरुको अन्वेषणले अब केही हुन्छ कि भन्ने आशा जगाएको छ । मुलुकलाई आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि ओली सरकारले गरेको यो काम पनि सामान्इ होइन ।

८. कोशी नदीमा सुनसरीदेखि भोजपुरको ७ घन्टाको लामो यात्रा जलमार्ग मार्फत २ घन्टामा सिमित पार्न यही ३÷४ महिनामा सम्पन्न हुदैछ भने नारायणघाटस्थित नारायणी नदीमा आगामी ३÷४ महिना भित्र फेरी चल्दैछ । यो काम जनताका लागि ओली सरकारले अघि बढाएको अत्यन्तै सकारात्मक पहल हो ।

९. पोखरा–मुस्ताङ र दाङको स्वर्गद्वारीसम्म लामो दूरीका केबुलकार शुरु हुने तयारी भैरहेको तथ्य गफ र उखान टुक्का हो र ?

१०. बिगत ७० बर्षमा ८ हजार किलोमिटर कालोपत्रे भएको बाटो गएको १५ महिनामा ९४५ किमि थप भएको छ भने यो वर्ष मात्र ३४९ वटा नयाँ पुल बनेका छन । आगामी वर्ष यो भन्दा दोब्बर पुल र दोब्बर कालोपत्रे हुँदैछ । यसलाई ओली सरकारको कामको परिणाम भन्ने कि गफ ?

११. २४ वर्षदेखि भारतले बनाउँछु भनिरहेको तर नबनाएको काभ्रेको पुलिस एकेडमी ओली प्रधानमन्त्री ओलीकै सकृयतापछि बन्दैछ । त्यसैगरी अत्याधुनिक राष्ट्रपति भवन बन्दैछ । चीनले बनाइदिएको बानेश्वरको अन्तराष्ट्रिय सम्मेलन केन्द्र हल भाडा लिएर प्रयोग भै रहेको संसदको अब २ वर्षभित्र आफ्नै भवन हुँदैछ । यो काम होइन र ?
१२. सांसदको लागि आवास भवन, मन्त्रीको लागि सुबिधा सम्पन्न भवन लगायत भूकम्पले भत्काएका धरहरा लगायत सयौँ प्रतिष्ठान पनि यहीबीचमा तयारी हुँदैछन ।

१३. स्थानीय निकायमा बिगतमा भन्दा ७ प्रतिशत बजेट बढाएर दिइएको छ । यहीबीचमा प्रदेश सरकारको लागि भौतिक संरचनादेखि अन्य बिकास निर्माणको लागि मध्मयस्तरका योजनाको लागि प्रत्येक प्रदेशमा १ खर्व भन्दा बढी बजेट पठाइएको छ ।

१४. शिक्षामा बिगतभन्दा धेरै बजेट दिइएको छ । सामुदायिक बिद्यालयलाई बढी जिम्मेवार बनाउन रकम वृद्धि गरिएको छ । सरकारी सेवामा रहेका कर्मचारी शिक्षकका छोरा छोरी नीजिमा पढाउन नपाउने नीति बनेको छ । गरिब दलित पिछडिएको बर्ग र दूरदराजका बच्चाहरुको लागि सबै शिक्षा निशुल्क भएको छ । बिगतका कुन सरकारले यतिधेरै काम गरेका थिए?

१५. प्रत्येक नागरिकलाई स्वास्थ्य बिमा बापत बार्षिक २५०० ९भुक्तानी गरेपछि एक लाख भन्दा बढीको खर्च इन्स्योरेन्सले ब्यहोर्ने ब्यबस्था भएको छ ।

१६. जुम्लामा हस्पिटल र मेडिकल कलेजको तयारी भैरहेको छ । प्रत्येक प्रदेशमा एक–एक सरकारी मेडिकल कलेज र स्थानीय निकायमा ५० शैय्याको अस्पताल यही बर्षबाट शुरु हुदैछ

१७. सामाजिक सुरक्षाको प्रत्याभूतिको लागि बृद्ध, अपाङ्ग, एकल महिला, बालबालिका र सुत्केरी महिलाको लागि रकमको ब्यबस्था भएको छ ।

१८. ओली सरकारकै पालामा राष्ट्रपति महिला कार्यक्रम अघि बढाएर दुर्गम जिल्लामा सुत्केरी हुन नसकी गर्भवती महिलाले अकालमा ज्यान गुमाउने परेको घटना बिरलै हुन थालेको छ । एकाध ठाउँमा समयमै सूचना नपाएर गर्भवती महिलाको ज्यान गएपनि हेलिकोप्टरमार्फत उद्धार गरी गर्भवती महिलाको ज्यान बचाउने काम भएको छ । यो उखान टुक्का होइन, यथार्थ हो । हुनत स् सुनकै मान्छे बनाएर दिए पनि तपाई केही साथीहरूको काम नै विरोध गर्ने छ । तो त हामीलाई राम्रो थाहा छ ।