आर्थिक

पूर्व न्यायाधीश श्रेष्ठद्वारा मन्दिरलाई एघार लाख सहयोग

धादीङ । धादिङका पूर्व न्यायाधीश ज्ञाइन्द्रबहादुर श्रेष्ठले राधाकृष्ण मन्दिर सञ्चालनार्थ नगद रु ११ लाख एक हजार ११ सहयोग गरेका छन् ।

सर्वोच्च अदालतका पूर्व न्यायाधीशसमेत रहेका धादिङबेँसीका श्रेष्ठ उनका छोरा अधिवक्ता नारायण कुमारको तर्फबाट शान्तबजारमा रहेको राधाकृष्ण मन्दिर सञ्चालनको लागि अक्षयकोषमा राख्ने गरी नगद हस्तान्तरण गरिएको हो ।

४० वटाभन्दा बढी कानूनी पुस्तक प्रकाशन गरिसक्नुभएका पूर्वन्यायाधीश श्रेष्ठले किताब बेचेर आएको रकम मन्दिरलाई प्रदान गरेको बताए । मन्दिरका संरक्षकसमेत रहनुभएका श्रेष्ठले राधाकृष्ण मन्दिर आफैँ बनाइदिएका थिए ।