राजनीति

सत्तारुढ नेकपाको सचीवालय वैठक वस्दैः प्रधानमन्त्री ओलीले भिडियो कन्फेरेन्स गर्ने

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको अचीवालय वैठक आज बस्ने भएको छ । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जाल ट्वीट मार्फत पार्टीको सांगठनिक एकताका बाँकी काम सम्पन्नका लागि सचिवालय बैठक बस्ने बारे जानारी गराएका हुन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहेको अवस्थामा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक बोलाएको उनले बताए । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सांगठनिक एकताका बाँकीबारे छलफलका लागि बैठक बोलाइएको र बैठक पार्टी कार्यालय धुम्बाराहीमा बिहान ११ बजे बस्ने बताएका छन् । यसअघि आज दिउँसो १ बजे बस्ने बताएका थिए । प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर प्रस्थान गर्नुअघि महत्वपूर्ण सांठगनिक संरचनाबारे निर्णय भइसकेको नेकपाले जनाएको छ ।

बाँकी काम टुंगो लगाउन प्रचण्डसहितका नेताहरुलाई जिम्मेवारी दिएर ओली स्वास्थ्य उपचारका लागी सिंगापुर प्रस्थान गरेका हुन् । ने क पा मा अब प्रवास कमिटी, पोलिटब्यूरो गठन, केन्द्रीय सदस्यहरुको कार्य्विभाजन लगायतका निर्णय हुन बाँकी छन् । यस्तै प्रधानमन्त्री केपी शर्मा ओली भिडियो कन्फेरेन्सबाट बैठकमा सामेल हुने भएका छन् । उनी बैठकमा प्रतेक्ष उपस्थित नभएपनि भिडियो कन्फेरेन्सबाट सहभागी हुँदा देशका गर्नैपर्ने नियमित काम भने नरोकिने संकेत देखीएको छ ।

उनको ट्वीटः हाम्रो पार्टीको केन्द्रीय सचिवालयको बैठक भोलि भाद्र ९ गते अपरान्ह १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ । सँगठनात्मक एकीकरणका बाँकी कामहरु र बिबिध बैठकको कार्यसुची हुनेछ ।