पु.समाचार

चितवनमा कफ्र्यु आदेशः पाँच जना भन्दाबढी एकै ठाउँमा भेला हुन नपाईने

चितवन । चितवनमा केहि दिनदेखीको आन्दोलनले उग्ररुप लिन थालेपछि जिल्ला प्रशासन कार्यालयले कर्फु्यु आदेश जारी गरेको छ । टेलीभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ प्रकरणलाई लिएर यतिबेला सडकमा हजारौं जनताको हुल उत्रिएर यतिबेला चितवनको माहोल तातिएको छ ।

सोहि विषयलाई मध्यनज गर्दै प्रहरीले कुनै अप्रिय घटना नहोस भन्नका लागि यस्तो आदेश जारी गरेको छ । गएराती बसेको सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन २०२८ प्रयोग गर्दै आज विहान ६ बजेदखि अर्को आदेश नभएसम्मका लागि पाँचजना भन्दाबढी ब्यक्ति एकै ठाउँमा जम्मा हुन नपाउने निर्णय गरेको बताईएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले आज पाँचजना भन्दाबढी ब्यक्ति एकै ठाउँमा जम्मा हुन नपाउने निर्णय गरेको छ । जिल्लाको सुरक्षाको व्यवस्थापनमा थप कडाइ गर्दै सुरक्षा निकायले यस्तो निर्णय गरेको बताईएको छ । बैठकले सोही ऐनअनुसार तोकिएको चार किल्ला भित्र पाँचजना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला नहुन आदेश गर्दै थप सुरक्षा कर्मी परिचालन गर्ने निर्णय गरेको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार प्रशासनले तोकेको चार किल्ला भित्र हुलदंगा, शान्ति व्यवस्थामा खलल पुर्याउने खोज्नेलाई कडा कारवाही गरिने छ । यस्तै जिल्लो प्रशासनले पूर्वः बाइपास सडकतर्फको आन्तरिक राजश्व कार्यालय चोकदेखी घरेलु कार्यालयको चोकसम्म र पश्चिमः पूर्वपश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकदेखी चौविसकोठी चोकसम्म यस्तो आदेश दिएको छ ।

यस्तै उत्तरः बाइपास सडकतर्फको आन्तरिक राजश्व कार्याललको चोकदेखी भरतपुर अस्पताल–पुरानो मेडिकल कलेज जाने चोक–नारायणी मावि चोक, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गतर्फको चौविसकोठी चोकसम्म । दक्षिणः बाइपास सडकतर्फको घरेलु कार्यालयको चोकदेखी दूरसंचार चोकहुँदै पूर्वपश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकसम्म पनि भेला हुन नपाईने भएको छ ।

उत्तरः बाइपास सडकतर्फको आन्तरिक राजश्व कार्याललको चोकदेखी भरतपुर अस्पताल–पुरानो मेडिकल कलेज जाने चोक–नारायणी मावि चोक, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गतर्फको चौविसकोठी चोकसम्म । दक्षिणः बाइपास सडकतर्फको घरेलु कार्यालयको चोकदेखी दूरसंचार चोकहुँदै पूर्वपश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकसम्म ।

यस्तै प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा आइतबार साँझ केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् । झडपका क्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालासहित ११ जना प्रहरी घाइते भएका थिए । सो क्रममा १० जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लामिछाने र युवराज कँडेलको आज चितवन जिल्ला अदालतमा बयान हुँदैछ । साउन २० गते पुडासैनीले भिडियोमा कारण रेकर्ड गरेर आत्महत्या गरेका थिए । सोही भिडियोको आधारमा लामिछानेसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।