खेलकुद

एट्लेटिको मड्रिडद्वारा स्पेनिस लिगमा संघर्षपुर्ण जित दर्ता

एजेन्सी । एट्लेटिको मड्रिडले स्पेनिस लिगमा संघर्षपुर्ण जित हासिल गरेको छ । आईतबार राति भएको खेलमा एट्लेटिकोले लेगानेसलाई १–० गोल अन्तरले हराएको हो ।

वैकल्पिक खेलाडी भिटोलोले गोल गर्दै एट्लेटिकोलाई महत्वपुर्ण तीन अक दिलाए । अल्भारो मोराटाले पहिलो हाफमा दुई सुन्दर गोलका अवसर गुमाएपछि पाहुना टोली दबाबमा देखिएको थियो । यसैसिजन कीर्तिमानी मुल्यमा एट्लेटिको आएका जोआओ फिलिक्सले गोलको अवसर सिर्जना गरेका थिए ।

खेलको ७१ औ मिनेटमा उनले गोलको अवसर सिर्जना गरेपछि एट्लेटिको १–० ले अघि बढेको थियो । जितपछि दोस्रो स्थानको एट्लेटिकोले २ खेलबाट ६ अंक जोडेको छ । दुवै खेलमा पराजित लेगानेस तालिकाको पुछारदेखि दोस्रोमा छ ।