आर्थिक

आइसिएफसी फाइनान्सले ऋणपत्र बिक्री गर्ने

काठमाण्डौ । आइसिएफसी फाइनान्स लिमिटेडले रु २० करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । कूल दुई लाख कित्ता ऋणपत्र प्रतिकित्ता रु एक हजारका दरमा बिक्री गर्ने तयारी गरिएको हो ।

ऋणपत्र निष्कासन तथा बिक्री गर्ने सम्बन्धमा आज ग्लोबल आइएमई क्यापिटल लिमिटेड र आइसिएफसी फाइनान्स लिमिटेडबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । उक्त ऋणपत्र सात वर्षका लागि वार्षिक १२ प्रतिशत ब्याजदरमा प्रत्येक छ÷छ महीनामा ब्याज पाउने गरी बिक्री गर्न लागिएको हो । ‘क’ वर्गका वाणिज्य बैंकपश्चात् नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरी ऋणपत्र बिक्री गर्ने पहिलो वित्तीय संस्थाका रुपमा उक्त वित्तीय कम्पनी रहेको छ ।