खेलकुद

नवौ पुस्पलाल स्मृती ब्याडमिन्टन ईटहरीमा हुने

काठमाडौँ । खेलकुद महासंघको तत्वावधान तथा राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा योनेक्स सनराईज नवौं पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता ईटहरीमा हुने भएको छ । सुरुमा राष्ट्रिय खेलाडीहरुको बरियता निर्धारण गर्ने उद्धेश्यले आयोजना गरिएको प्रतियोगिता नवौं संस्करण सम्म आई पुगेको छ ।

भाद्र २४ देखि २८ गते सम्म ईटहरीस्थित रङ्गशालामा नवनिर्मित कभर्डहलमा आयोजना हुने प्रतियोगितामा पुरुष उच्च १६ बरियता तथा महिला उच्च १२ बरियताको एकल, उक्त बरियता बाहेककाको पुरुष तथा महिला एकल, खुला पुरुष तथा महिला युगल, छात्र तथा छात्रा यु – १७ एकल तथा ४५ बर्ष माथिको पुरुष भेट्रान्स युगल गरि १० स्वर्ण पदकका लागि करिव १९० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन् ।

पुरुष तर्फ उच्च १६ बरियता तथा महिला तर्फ उच्च १२ बरियतामा रहेका खेलाडी विच एकल प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष बिरेन्द्र श्रेष्ठले जानकारी गराए । उनले उच्च बरियताका खेलाडीहरुले खुलामा प्रतिस्पर्धा गर्दा खेलको स्तरमा झनै कमि आउने भएकाले उच्च बरियताका विच मात्र एकलमा प्रतिस्पर्धा गराईने बताए । उक्त बरिता बाहेककाले पनि पुरुष तथा महिला एकलमा प्रतिस्पर्धा गर्ने छन् । यसतै पुरुष तथा महिला जोडीमा सवैले प्रतिस्पर्धा गर्न पाउने अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

प्रतियोगितालाई नेपालस्थित योनेक्सको आधिकारीक विक्रेता योनेक्स सनराईजले विगत केहि संस्करण देखि प्रायोजन गर्दै आईरको र यस पटक पनि प्रायोजन गर्ने भएको छ । कुल ५ लाख ५८ हजारको लागत रहेको प्रतियोगितामा उच्च बरियताविचको पुरुष तथा महिला एकलमा शिर्ष तीन विजेताले ५० हजार, २५ हजार र १२ हजार ५ सय प्राप्त गर्ने छन् । यस्तै पुरुष एकल तथा महिला एकल तथा युगलका विजयी शिर्ष तीनले नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् । छात्र तथा छात्रा एकलका विजयी शिर्ष तीनले नगद १० हजार, ७ हजार र ४ हजार प्राप्त गर्ने छन् ।

खेलाडीहरुको लागि खाना तथा बसोबासको ब्यवस्था सह आयोजक सुनसरी ब्याडमिन्टन क्लबले गर्ने आयोजकले जनाएको छ । नवौं संस्करण सम्म आईपुग्दा विभिन्न खेलाडीहरुले मोटरसाईकल प्राप्त गरिसकेका छन् । लगातार तीन पटक एकलमा उपाधी हात पार्ने खेलाडीहरुलाई संघले मोटरसाईकल प्रदान गर्ने परम्परा बसालेको थियो । यसले प्रतियोगिताको स्तरलाई उच्च स्तर प्रदान गर्नुका साथै खेलाडीहरुको मनोबल उच्च राख्न र खेल स्तरलाई बढाउन सफल भएको छ ।