प्रवास

हामी नेपाली ग्लोबल दक्षिण कोरियाले तिज विशेष कार्यक्रम गर्ने

दक्षिण कोरिया । हामी नेपाली ग्लोबलदक्षिण कोरियाले सेक्टेम्बर १ तारिखमा तिजको अवसर पारि तिज बिषेश कार्यक्रमहरु गर्ने भएको छ । कोरियामा कार्यरत नेपाली दिदिबहिनी तथा दाजुभाइ हरु बिच भेटघाट गरि तिज मनाउन लागेको आयोजक सस्थाले जनाएको छ । तिज विशेष कार्यक्रममा दर खाने तथा रमाइलो नाचगान कार्यक्रम हुनेछ।

कार्यक्रमको फेन्तेकको पुरानो कान्तिपुर रेस्टुरेन्ट हाल (माइतीघर) रेस्टुरेन्टमा आयोजना गरिएको छ । सोमबार तिज परेकाले आइतबार उपयुक्त समयमा कार्यक्रमको आयोजना गरिएको अध्यक्ष अम्बिका डिसि पार्कले बताए ।

केही महिना अगाडिको स्थापना भएको हामी नेपाली ग्लोबल दक्षिण कोरियाले सबैलाई कार्यक्रममा सहभागी भै रमाइलो गरिदिन आग्रह गरेको छ ।अमेरिकामा केन्द्रीय कार्यालय रहेको हामी नेपाली ग्लोबलले बिश्वभर आफ्नो शाखा र सदस्य विस्तारको कार्यक्रमलाई तिव्रता दिएको छ ।