आर्थिक

सामसङ्ग डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न

काठमाडौँ । सामसङ्ग प्रडक्टस्को नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि.डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न भएको छ । उक्त डिलर्स समिट २५ अगस्तको दिन सोल्टी क्राउन प्लाजामा भएको थियो ।

कार्यक्रमको उदेश्य देशभरी रहेका सीई डिलर्ससंग जुड्नु, शेयर गर्नु तथा उत्पादनहरु शोकेस गर्नु रहेको थियो । कार्यक्रममा नयाँ अर सिरिजका युएहडी टेलिभीजन पनि लन्च गरेको थियो ।