प्रदेश 1

इटहरीका मेयर चौधरी पूनः एक्सनमा

इटहरी । इटहरी उपमहानगरले सडक क्षेत्राधिकारभित्र रहेको अस्थायी संरचना र राखिएका समाग्रीहरु हटाउने भएको छ । सडक शुसासन कायम गर्न पूर्व पश्चिम सडकको लविपूर चौक देखि रामधुनी नगरपालिकाको सिमासम्म सडकको दायाँ बाँया साढे बयासी फिट सफा गर्न लागिएको हो । एक साता सम्म हटाउन अनुरोध गर्ने र नहटाएमा उपहानगरले आफै हटाउने नगरप्रमुख द्धारिकलाल चौधरीले बताए ।

सडक शुसासन अभियान सुरु गर्नु अघि उपमहानगरले आज सम्बन्धित बिपयगत कार्यालय र सवै सरोकारवाला पक्ष सँग छलफल गरेको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव भरतमणि रिजाल समेतको उपस्थितिमा छलफल भएको हो । कार्यक्रममा सडक डिभिजन कार्यालय, टेलिकम, विद्युत, यातायात, उद्योग वाणिज्य संघ, जनप्रतिनिधिहरु लगायतको सहभागिता थियो ।

कार्यक्रममा नगरप्रमुख द्धारिकलाल चौधरीले सडक शुसासन अभियानमा सहयोग गर्न सवै पक्ष सँग आग्रह गरे । सडकको अधिकार क्षेत्र साढे वयासी फुट भित्र रहेका संरचना हटाउन उनले आग्रह गरेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव भरतमणि रिजालले समेत सडक शुसासन प्रदेश सरकारको पनि एउटा मुख्य अभियान रहेको बताए । मेयर चौधरीले सडक क्षेत्राधिकार भित्र केहि पनि सामान नराख्ने वातावरण बनाउन उद्योग वाणिज्य संघसँग समेत आग्रह गरे ।

सात दिनभित्रमा सडक क्षेत्राधिकारभित्र रहेका टेलिकमका सवै पोल हटाउन मेयर चौधरीले टेलिकम सँग आग्रह गरे । यदि नहटाए उपमहानगरले आफै हटाउने उनको चेतावनी छ । विद्युत प्राधिकरणका प्रतिनिधिले भने विद्युतका पोल हटाउन विद्युत प्राधिकरणले सहयोग गर्ने तर त्यसवापत लाग्ने शुल्क स्थानीय तहलेनै ब्यहोर्नु पर्ने जानकारी दिए । इटहरी उपमहानगरले गत साल भदौमा एक हप्ता लगाएर वुढिखोला देखि पचरुखी सम्म सडक क्षेत्राधिकार क्लियर गरेको थियो ।