आर्थिक

महालक्ष्मी बैंकद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंक लि. ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकका महाराजगंज शाखा र तुलसीपुर शाखाले शनिबारका दिन छुट्टाछुट्टै स्थानमा वृक्षारोपण कार्यक्रम सञ्चालन गरेका छन् ।

महाराजगंज शाखाले काठमाडौं जिल्लाको काठमाडौँ महानगरपालिका वडा नं ३, महाराजगंज देखि न्युरो अस्पतालसम्म वृक्षारोपण गरेका छ ।

उक्त कार्यक्रमको उद्घाटन संयुक्त रुपमा वृक्षारोपण गरी सोही वडाका अध्यक्ष दिपक के. सी र बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेद्वारा गरिएको थियो । महानगरपालिका हरियाली प्रवर्धन नीतिका साथै वातावरणीय संरक्षणमा सहयोग पुर्‍याउने उद्देश्यले बैँकले वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको हो ।

यसका साथै बैँकको तुलसीपुर शाखाले दाङ जिल्लाको तुलसीपुर उप–महानगरपालिका वडा नं ८, दुधेनामा पनि शनिबारका दिननै वृक्षारोपण गरेको हो ।

बैँकका दुई शाखाद्वारा कल्कि, शिरीष, असारे, कपुर, निम, सल्लो लगायत विभिन्न प्रकारका बिरुवा वृक्षारोपण गरेका छन । बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।