समाचार

वीरगंज मै पहिलो पटक अब मल्टीकलरमा मध्य नेपाल पत्रिका

पर्सा । महिला सञ्चारकर्मीहरुको सक्रियतामा प्रकाशित मध्य नेपाल सन्देशले आफ्नो तेस्रो बार्षिक उत्सव समपन्न गरेको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा एक कार्यक्रम गरी समाजमा उत्कृष्ट महिला बन्न सफल छोरीहरुका दुई आमालाई सम्मान गर्दै तेस्रो वार्षिक उत्सव कार्यक्रम समपन्न गरिएको हो । कार्यक्रममा तराईका महिलाहरुको अवसर र चुनौतीको विषयमा पनि अन्तरक्रिया गरिएको छ ।

महिलाद्वारा सञ्चालित मध्य नेपाल मिडिया प्रा.लि.ले सञ्चालन गरेको मध्य नेपाल सन्देश साप्ताहिक र मध्य नेपाल डट कमको वार्षिक उत्सवको क्रममा भएको अन्तरक्रिया कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले महिलाले मात्रै पत्रिका सञ्चालन गरी पुरुषले गर्ने पुरुषार्थ गरेर देखाई सकेको बताए ।

यो काम चुनौती हुदाँ हुदै पनी अवसरमा परिणत गरे जस्तै महिलाका लागी चुनौति संगसंगै धेरै अवसर पनी प्राप्त हुन सक्ने वहाँको तर्क छ । यसरी पुरुषार्थ गर्न सक्ने महिला पत्रकारको हितको लागी महानगरपालिकाले सक्दोे सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले पत्रकारितामा पढ्ने महिला पत्रकारहरुको लागी छात्रवृति समेत उपलब्ध गराउने बताए ।

वीरगंजमा अब्बल रहेको ‘प्रतीक दैनीक’ का सम्पादक तथा बरिष्ठ पत्रकार जगदिश शर्माले मध्य नेपाल सन्देश साप्ताहिकको स्तरीय कदमले वीरगन्जका पुराना पत्रकार र संचारसस्थालाई अब्बल हुन घच्घच्याएको तर्क गरे । अर्का बरिष्ठ पत्रकार तथा लेखक चन्द्रकिशोर झाले पत्रिकाको समाचारको कन्टेन्ट र साजसज्जामा मध्य नेपालको अग्रसरताले राम्रो कदम उठाएको भन्दै वीरगन्जका पुराना मिडिया हाउस र संचारकर्मीले पनि पेशा प्रति निखारता ल्याउनु पर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष केसी लामिछानेले देशभर मै न्युन महिला पत्रकार रहेपनी वीरगंजका महिला पत्रकारहरुले मध्य तराईमा नै रंगिन पत्रिका प्रकाशन गरि आफुलाई अब्बल सावित गरेको बताए ।

त्यसैगरी वीरगंज उधोग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताले मध्य नेपाल सन्देश पत्रिका मल्टीकलरमा नै प्रकाशन गरि उदाहरणीय काम गरेको भन्दै उधोगी व्यापारीलेपनी सक्दो सहयोग गर्ने आश्वासन दिए ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराले दैनिक पत्रिका भनि कपि पेष्ट गरेर सञ्चालन गर्दै गरेका वीरगंजका दैनिक पत्रिकाहरुलाई मध्य नेपाल सन्देश पत्रिका ‘साप्ताहिक’ भएरपनी दैनिकहरुलाई मरेतुल्य बनाई दिएको बताए ।

कार्यक्रममा छोरीलाई उच्च सम्मानका साथ समाजको प्रतिष्ठीत स्थानमा पुर्याएको भन्दै सञ्चारकर्मी कविता खड्का की आमा रिता खड्का र माधुरी महतोकी आमा भाग्यमनी देवीलाई सम्मान गरिएको थियो । यसैगरी पत्रिकाका लागी समाचार सम्प्रेशन गरि सहयोग गरेको भन्दै सन्धया पौडेल र बलिराम यादवलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटिका उपाध्यक्ष मधु राणा, समाजसेवि पशुपति विक्राम शाह, उषा शाह, सञ्चारकर्मी सुदर्शनराज पाण्डे, महेश चन्द्र गौतम, विजय भण्डारी, युवा नेता शिव पटेल, अरविन्द सिंह, दिलिप राज कार्की, भिजिट मधेशका संयोजक ओम प्रकाश सरार्फ, जवाफदेहिताका लागी युवा अभियान शिवनाथ यादव, समाजिक अभियन्ता कोपिला चौलागाई लगायतको उपस्थिति रहेको थियो ।

२०७३ सालबाट सञ्चालनमा आएको मध्य नेपाल सन्देश साप्ताहीकले चौथो वर्षमा प्रवेश गर्दासम्म दैनिक अनलाईन, प्रदेश दुई मै तेस्रो ठुलो मल्टीकलर प्रेस र रंगिन पेपर सुरु गरिसकेको छ ।

मध्य नेपाल सन्देशकी सम्पादक कविता खड्काको सभापतित्वमा समपन्न कार्यक्रमको स्वागत मन्तव्य माधुरी महतोले गरेकी थिईन् । कार्यक्रमको सहजिकरण लक्ष्मी खरेलले गरेकी थिईन् ।