आर्थिक

कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

काठमाडौँ । नेपाल र भारतको खाद्यप्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यतादिने सहमति गरेका छन् । हालै काठमाडौंमा सम्पन्न नेपालभारत संयुक्त आयोगको बैठकमा नेपालको खाद्यप्रविधि गुण नियन्त्रण विभाग र भारतको खाद्य सुरक्षा तथा मानक प्रविधिकरणबीच एक अर्कोको देशको प्रयोगशालामा जाँच गरेको खाद्यान्न, फलफूल र तरकारीलाई अर्को देशमा मान्यता पाउने सहमति गरेका हुन् ।

भारतीय सरकारको “फुड सेफ्टी एण्ड स्टान्डर्ड अथोरिटी अफ इन्डिया”को हालैको निर्णय अनुसार नेपालको “नेशनल फुड एण्ड फिड ल्याब्रोटरी” काठमाडौंले भारत सरकारको फुड सेफ्टि एण्ड स्टाण्डर्ड रेगुलेसन २०११ अनुसार परिक्षण गरि मान्यता दिने सम्बन्धी व्यवस्था नेपालबाट भारत तर्फ निकासी भईरहेको वस्तुहरु मध्ये करिब २४ वस्तुहरु खाद्यपदार्थ तथा फलफूल तथा तरकारीले भारतीय बजारमा सहज सरल र सुविधायुक्त प्रवेश पाउने कदमको चेम्बरले सकारात्मक रुपमा लिएको छ ।

यसबाट गैर भन्सार अवरोध लगायत प्रकृयागत झण्झट कम हुन गई व्यापार घाटा कम गर्न पनि योगदान पुर्‍याउने आशा एंव विश्वास चेम्बरले लिएको छ । सो निर्णय अनुसार नेपालबाट भारतमा निकासी वस्तुमा नेपाली गुणस्तर परिक्षणलाई मान्य गरिएका वस्तुहरुमा जुस, जाम, जेली, अचार, क्याण्डि, इन्स्त्याण्ड नुडल्स, बिस्कुट, बालबच्चालाई खुवाउने दुध, स्कीम्ड होलमिल्क पाउडर, कण्ड्यान्सड् मिल्क, आइसक्रिम, गुलियो दही, मासु तथा मासुजन्य पदार्थ, अदुवा, अलैंची, बेसार, चिया, कफि, मह, ताजा फलफूल र तरकारी छन् ।

जारी गरिएको परिपत्रमा नेपालको “नेशनल फुड एण्ड फिड ल्याब्रोटरिज” काठमाडौंले एनएबिएलले तोकेको मापदण्ड अनुसार एक्रिडिटिसन एक वर्षभित्रमा लिनुपर्ने र मापदण्ड सेफ्टि स्टाण्डर्ड रेगुलेशन २०११ अन्तर्गत रहनुपर्ने कुरातर्फ समेत उल्लेख गरेको छ ।

नेपालको ६५ प्रतिशत व्यापार भारतसँग हुने र नेपाली कृषिजन्य वस्तुको सहज पहुँचको लागि चेम्बरले धेरै पहिले देखी उठाउँदै आएको नेपालीले बोरेटोरीले गरेको परिक्षणलाई मान्यता दिने कार्य अत्यन्त समय सान्र्दभिक, उचित एंव स्वागत योग्यकदमको रुपमा लिँदै यसबाट निकासी प्रोत्साहन हुने अपेक्षा लिईएको छ ।

साथै प्रत्येक भन्सार बिन्दुमा आधुनिक तरीकाबाट सुसज्जित क्वारेन्टाइन चेक पोष्ट र खाद्य परीक्षण प्रयोशशालामा स्थानपनामा समेत जोड दिई सो सुद्धढ, व्यवस्थित र सरल हुने आशा एंव विश्वास समेत चेम्बरले लिएको छ ।