समाचार

आत्मनिर्भर बन्न सके मात्र सम्वृद्धि र विकास हुन्छ: मेयर चौधरी

इटहरी । सुनसरीको इटहरी हाँसपोसा स्थित आमा समूहले तिहारमा देउसी खेलेर संकलन गरेको रकमबाट महिलालाई आत्मनिर्भर बनाउने तालिम दिएको छ । लोकतन्त्र र न्यायका लागि आमा समूहले तिहारमा तीन दिन सम्म देउसी खेलेर संकलन गरेको एक लाख पैतालिस हजार रकम वाट तालिम दिइएको लोकतन्त्र र न्यायका लागि आमा समूहकी संस्थापक अध्यक्ष कमला खड्काले बताए ।

१९ दिनसम्म गुडिया, क्रिस्टल र फेव्रिक माला लिएका महिलालाई घरमै ती सामान बनाउने अर्डर आउन थालेको छ । संस्थाको १६ औ साधारणसभाका अवसरमा तालिम लिएका महिलालाई प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले आमा समूहले देउसी खेलेर संकलन गरेको रकमवाट ब्यवसायिक तालिम प्रदान गरेको भन्दै प्रशंसा गरे ।

उनले शीपलाई ब्यवहारमा उतारेर आयआर्जनमा सकृय हुन आग्रह गरे । गाँउ गाँउबाट आत्मनिर्भर बन्न सके मात्र सम्वृद्धि र विकास सम्भव रहेको प्रमुख चौधरीको भनाइ छ । सरकारी प्रयासले मात्र सम्वृद्धि सम्भव नहुने भन्दै उनले सबै पक्ष हातेमालो गरेर अघि वढन जरुरी रहेकोमा जोड दिए ।