प्रवास

एनआरएन अध्यक्ष भट्टले गरे देशकै बेईज्जत, यसरी निकालिए प्लेनबाट, कारबाही हुनुपर्ने माग

काठमाण्डौ । एनआरका अध्यक्ष भवन भट्टलाई रक्सी पीएर प्लेनमा चढेको भन्दै सिल्क एयरले निकालेको छ । शनिबार एक पार्टीबाट रक्सी पीएर सिंगापुरमा रहेका नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सनत न्यौपानेको साथमा रहेर जान लागेका भट्टलाई एयरलाईन्सले फिर्ता गरेको हो ।

सनत न्यौपानेले पुष्टी गर्दै फिर्ता गरेको समाचार भाईरल बनेको छ । यसभन्दा अघि एनआरएनको अध्यक्षमा निबर्तमन अध्यक्ष शेष घलेलाई पराजित गर्द एनआरएनको अध्यक्ष बनेका भवन भट्टले एनआरएनको अधिवेशन हायात होटलमा गर्ने टुंगो लगाईसकेपछि सफल बनाउने अभियानमा लागेका बेला रक्सी काण्डले उनलाई अप्ठ्यारो परेको छ ।

उनीहरुले पहिला सेक्युरिटीसंगपनि अनुरोध गरेर प्लेनमा छिरेपनि कर्मचारीले नियमबिना उडान गर्न नहुने भन्दै रोकेको थियो । आफूहरुको कर्मचारीहरुका कारण बेईज्जत भएको न्यौपानेले बताए ।

भट्टले विश्वभर बस्ने नेपालीहरुको प्रतिनिधित्व गरेर प्लेनमा रक्सी पीएर चढ्नु र निकालिनु घटनाले देशकै बेईज्जत भएको एन आरएनका एक नेताले सुर्यखबरलाई बताए । उनले अधिवेशन अगाडी नै भट्टलाई कारबाही हुनुपर्ने माग समेत गरेका छन् । नेपालमा रक्सी खानु राम्रो मानिदैन भने भट्ट आफैंपनि ब्राम्हण कुलमा भएकोले रक्सी पीउनु झनै राम्रो मानिदैन ।