प्रदेश 1

नेकपाको कृयाकलापबाट असन्तुष्टी हुंदै दर्जनौं कार्यकर्ता काँग्रेसमा, स्थानीय नेकपा नेता चिन्तित

पाँचथर । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका गलत कृयाकलापबाट असन्तुष्टि भएर जिल्लाका ईमान्दार नेकपाका दर्जनौं नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस फाल्गुनन्द गाउँपालिका–६ द्वारा बिहीवार मेहेलबोटेमा आयोजित कार्यक्रममा नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेस प्रवेश गर्नेमा मानबहादुर आङदेम्बे, अरुणकुमार आङदेम्बे, चन्द्रशेर आङदेम्बे, सुरबहादुर कुरुम्वाङ, टिकाबहादुर आङदेम्बे, मनप्रसाद आङदेम्बे, साल्हाङ आङदेम्बे र विक्रम आङदेम्बे लगायत रहेका छन् ।

नवप्रवेशीलाई नेपाली कांग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्रकुमार केरुङ, सचिवद्वय रुपनारायण जवेगु र वृजहाङ आङदेम्बे, नेविसंघ जिल्ला उपाध्यक्ष धनकुमार लावती, संगठन विभाग सदस्य विजयहाङ आङदेम्बे लगायत नेताहरूले स्वागत गरेका छन् ।

वडा सभापति बेदप्रसाद रिजालको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस जिल्ला सचिव बृजहाङ आङदम्बे र पुराना नेता तथा समाजसेवी मेदिनीप्रसाद रिजाल, वडाध्यक्ष नारायण आङदेम्बे लगायतले बोलेका थिए । दुईतिहाई कम्युनिस्ट सरकारका गलत कामका कारण नेकपामा असन्तुष्टि बढ्दै गइरहेको र देशभर उनीहरुका नेता कार्यकर्ता काँग्रेस प्रवेश गर्ने लहर चलिरहेको देखिएको छ । आफ्ना पार्टीका ईमान्दार नेता कर्यकर्ताले पार्टी छाडेर जान थालेपछि नेकपाका स्थानीय नेता चिन्तित बनेको बतााईएको छ ।