समाचार

नेता रमेश लेखकका पीताको निधनप्रति काङ्ग्रेसद्वारा दुःख व्यक्त

काठमाण्डौ । नेपाली काङ्ग्रेसले पार्टीका केन्द्रीय सदस्य एवम पूर्वमन्त्री रमेश लेखकका बुबा प्रयागदत्त लेखकको निधनप्रति दुःख व्यक्त गरेको छ ।

काङ्ग्रेस सभापति शेरबहादुर देउवाले शोक विज्ञप्ति जारी गरी शुक्रबार राति ८७ वर्षको उमेरमा निधन हुनुभएका कञ्चनपुरको बेदकोट नगरपालिका–८ का लेखकको निधनप्रति दुःख व्यक्त गरेका हुन् । “लेखकको निधनले मलाई स्तब्ध, दुःखी र मर्माहत बनाएको छ, लेखकले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो”, सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सभापति देउवाले लेखकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गदैै दिवङ्गत आत्माको चीरशान्तिको कामना तथा शोक सन्तप्त केन्द्रीय सदस्य रमेश लेखकसहित परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेक छन् ।