समाचार

माईतीघरमा हजारौं समर्थकहरु भन्छन्ः आईतबार रविको म्याद थपे रगतको खोलो बग्न सक्छ

काठमाण्डौ । न्यूज २४ टेलिभिजनका पत्रकार रवि लामिछानेको समर्थनमा काठमाण्डौको काठमाण्डौको माईतीघरमा ब्यापक र्याली लिश्किएको छ । रवि लामिछाने जिन्दाबाद, रवि लामिछानेलाई रिहा गर, रवि लामिछाने मुर्दाबाद जस्ता नारा लगाउँदै हजारौको संख्यामा काठमाण्डौका जनताहरुको उपस्थिति रहेको थियो ।

रवि लामिछानेको समर्थनमा चितवन, बुटबल, नवलपरासी लगायत देशका बिभिन्न स्थानमा विरोध र्यालीहरु गर्ने क्रममा नेपालको झण्डा बोक्दै नेकपा सरकारको बिरो गर्दै पत्रकार रवि लामिछानेको समर्थनमा उक्त र्याली देखिएको थियो । उनीहरुले रवि लामिछानेको अलवा आत्माहत्याको आरोप लागेका शालीकराम पुडाशैनी, दुरुत्शाहन मुद्धा अभियोगमा लागेका युवराज कँडेल र नर्स सुस्मिता कार्कीलाई समेत न्याय दिन रिहा गर्न आग्रह गरेका छन् ।

केही महिना अगाडी नेकपा दुईतिहाई मतको केपी ओली सरकारलाई गुठी बिधेयकलाई मार्तीघर आन्दोलनले घुंडा टेकाएको जनसमर्थन पुनः रवि लामिछानेको पक्षमा पुनः देखिको छ । शनिबारको सर्बसाधारणको र्यालीले रवि लामिछानेलाई केही भए वा फासाईए देशमा ठूलै परिवर्तन समेत हुन सक्ने देखिएको छ । आजको र्यालीमा माओबादीका पूर्व लडाकु, पत्रकार, राजनीतिक व्यक्तीहरु, कलाकार, शाहीत्यकार, वकील लगायतका नागरिकहरु स्वतस्फूर्त रुपमा निस्किएको बताएका थिए । रवि लामिछानेलाई ठूलो षढ्यन्त्र गरेर, झाुटो आरोप लगाएर भ्रष्टाचार लुकाउन फसाउन खोजेको, रविको स्वरलाई दबाउन, सत्य बोल्नेलाई दबाउन खोजेको आरोप लगाएका थिए ।

गरिबीलाई शोषण गर्नेहरुले दोस्रोपटक आईतबार म्याद थपेमा रगतको खोला बग्ने प्रदर्शनमा उपस्थििति भएकाहरुले बताएका छन् ।

शनिबार निस्किएको रवि लामिछाने लगायतका हिराशतमा राखिएकालाई निकाल्न माग गर्दै माईतिघरमा गरिएको प्रदर्शन