अन्तर्राष्ट्रिय

कारबाहीको क्रममा २५ लडाकू मारिए

अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त बाल्खको चामताल जिल्लामा तालिबान लडाकूविरुद्ध अफगान सेनाले गरेको सुरक्षा कारबाहीमा कम्तीमा २५ लडाकू मारिएका छन् ।

सो जिल्लाको उत्तरी क्षेत्रको सेनाका प्रवक्ता हानिफ रेजाइले सो कारबाही भएको पुष्टि गरेका छन् । चामताल जिल्लाको कैयौ गाउँहरुमा शुत्रबार अपराह्न सो कारबाही गरिएको थियो ।

चामताल जिल्लामा रहेका सशस्त्र तालिबान लडाकूविरुद्ध अफगान सेनाले बारम्बार कारबाही गर्दै आएका छन् । बाल्ख प्रान्तमा सक्रिय रहदै आएका तालिबान लडाकू समूहले यस विषयमा केही पनि टिप्पणी गरेका छैनन् ।