सुदूरपश्चिम

गाउँपालिकाद्धारा आफ्नै भवन निर्माणको कार्य थालनी

डोटी । जिल्लाको जोरायल गाउँपालिकाले आफ्नै भवन निर्माणको कार्य थालनी गरेको छ । भवन नहुँदा जनताका कामकाज गर्नमा समस्या भएको भन्दै उक्त गाउँपालिकाले रु एक करोड एक लाखको लगानीमा १४ कोठे भवन निर्माण कार्य शुरु गरेको हो ।

जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले नयाँ निर्माण हुन लागेको भवनको आज एक कार्यक्रमका बीच शिलान्यास गरे । उक्त भवनको निर्माण कार्य आउँदो वर्षको जेठ महीनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष ओझाले बताए ।

उनले भने, “हाम्रो आफ्नो भवन नहुँदा जनताका काम गर्नमा समस्या भएको थियो, अहिले आफ्नो भवन निर्माण गर्नतिर लागेका छौँ, सबैलाई सहज हुने छ ।” उक्त भवन भूकम्परहित र अपाङ्गमैत्री प्रविधिको बनाइने योजना रहेको गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले जानकारी दिए । भवन निर्माण कार्यको जिम्मा थामी निर्माण सेवाले लिएको छ ।