सामाजिक सञ्जाल

दहालको दाबीः डा भट्टराईजस्ता लम्पसारबादीको जनताले अझैपनि विश्वास गरिरहे कहिल्यै देश बन्दैन

काठमाण्डौ । नेपाल पत्रकार महासंघका पुर्व सभापति तारानाथ दहालले नेपाली जनताले डा बाबुराम भट्टराईलाई अझैपनि विश्वास गरिरहेको प्रति आश्चार्य जनाएका छन् । दहालले डा बाबुराम भट्टराई ०५२ सालमा ४० बुंदे मागसहित शेरबहादुर देउवा सरकारसंग गएको र अहिले भारतीय विदेशमन्त्री जयशंकरसंग लम्पसार परेको दृष्यलाई नेपाली जनताले तुलना गर्दा समेत उनलाई महत्व दिन्छन् भने नेपालीहरुका दुःखका दिन कहिल्यै नसकिने बताएका छन् ।

दहालले सामाजिक सञ्जालमा लेखेको ट्वीट्ः २०५२ सालमा तत्कालिन प्रधानम्न्त्री देउबालाई सिंहदरबारको पश्चिम गेटमा बुझाएको ४० बुँदे माग पत्र देखि अहिले एस जयशंकरसँग होटलमा गएर लम्पसार परेका बाबुराम भट्टराईलाई अझै मान्छे पत्याउँछन र महत्व दिन्छन् भने नेपालीका दुख कहिल्यै सकिदैनन् ।

नेताहरुको भनाई र गराईको नागरिक निगरानी खै ?