सामाजिक सञ्जाल

प्रहरी प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयको नाममा गर्न आईजपी खनालले मान्नु हुंदैनः डा आचार्य

काठमाण्डौ । संबिधानविद डा भीमार्जुन आचार्यले प्रहरी प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयका नाममा ल्याउने बिषय गलत मात्र नभएर प्रहरीको इतिहास र शानलाई कमजोर बनाउने दाबी गरेका छन् । डा आचार्यले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चासो राख्दै नमान्नुपर्ने तर्क गर्दै सरकारले पनि उक्त राट्रको अहितमा हुने कार्यलाई पुनःविचार गर्नुपर्ने तर्क सामाजिक संजाल फेसबुकमार्फत प्रकट गरेका छन् ।

उनले लेखेका छन्,
‘प्रहरी प्रतिष्ठान महाराजगंजको जग्गा राष्ट्रपति कार्यालयका नाममा ल्याउने सरकारी निर्णय कुनै पनि दृष्टिकोणले उचित छैन । नेपाल प्रहरीको इतिहास र शानलाई कमजोर बनाएर राष्ट्रलाई फाइदा पुग्दैन । प्रहरी महानिरीक्षकले यसबारेमा विशेष चासो राख्नु पर्ने । सरकारले आफ्नो निर्णय पुनः बिचार गरोस।’