समाचार

भौगर्भिक समाजको अध्यक्षमा घिमिरे निर्वा्चित

काठमाडौं । नेपाल भौगर्भिक समाजको अध्यक्षमा रामप्रसाद घिमिरे निर्वा्चित भएका छन् । समाजको १९औँ कार्यकारीणी समितिको शुक्रबार भएको निर्वाचनबाट घिमिरेको अध्यक्षतामा आठ सदस्यीय समिति चयन भएको हो ।

समाजको उपाध्यक्षमा नारायणगोपाल घिमिरे, महासचिव कुमार खड्का, उपमहासचिव उमेशचन्द्र भुसाल, कोषाध्यक्ष जयलक्ष्मी सिंह निर्वा्चित हुनुभएको भूगर्भ्विद् डा कृष्ण देवकोटाले जानकारी दिएका छन् । यसैबीच, सदस्यमा दीपक गौतम, गोपाल भण्डारी र सुभास आचार्य निर्वा्चित भएका हुन् ।

निर्वाचन हुने आठ पदमध्ये अध्यक्ष र सदस्यबाहेक सबै पदमा विद्युतीय माध्यमबाट मतदान भएको थियो । कूल ११ सदस्य हुने समाजमा तीन सदस्य अध्यक्षले पछि मनोनित गर्नेछन् ।

दुई वर्षे कार्यकालका लागि भएको समाजको निर्वाचनमा ९३४ मतदाता रहेकामा ५४८ मत खसेको थियो । नवनिर्वा्चित अध्यक्ष घिमिरेले सबै भूगर्भ्विद्लाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । भूगर्भ्विद्ले विशेषत बाढी, पहिरो र भूकम्पको क्षेत्रमा काम गर्दै आएका छन् ।