खेलकुद

सेन्ट्रल जोन भलिबलको उपाधि छिनोफानो आज

काठमाडौं । एसियन भलिबल कन्फेडेरेसन एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रीतयोगिताको उपाधि छिनोफानो आज शनिबार हुदैछ ।

नेपालमा पहिलो पटक आयोजना भएको प्रतियोगिताको उपाधि भिडन्तमा दक्षिण एसियाली क्षेत्र बाहिरका दुई राष्ट्र भिड्नेछन् । उपाधिमा उज्वेकिस्तान र किर्गिस्तानले दाबेदारिता प्रस्तुत गर्नेछन् ।

ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा हुने फाईनल दिउँसो २ बजे सुरु हुनेछ । माल्दिभ्सलाई हराउँदै उज्वेकिस्तान फाईनल पुगेको हो भने किर्गिस्तानले तुर्कमेनिस्तानलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो ।

शुक्रबार भएको खेलमा नेपालले अफगानिस्तानलाई हराउँदै पाँचौ भएको थियो । अर्को खेलमा तुर्कमेनिस्तानले माल्दिभ्सलाई हराउँदै तेस्रो स्थान हासिल गरेको थियो ।