राजनीति

कम्युनिष्ट सरकारले जनतालाई महंगी, भ्रष्टाचार र करबृद्धी बाहेक केही दिएनः सभापति देउवा

सुर्खेत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रेश स्वतन्त्रता खारेज गर्ने रणनीतिमा ओली सरकार लागेको बताएका छन् । कर्णली प्रदेशको राजधााी सुर्खेतको वीरेन्द्रनगरमा ओयोजित महाधिवेशन प्रतिनिधिको प्रशिक्षण कार्यक्रममा बोल्दै मानव अधिकार आयोग संसारभर कँही नियन्त्रण नहुने दाबी गर्दै उनीहरुले विस्तार विस्तार कम्युनिष्ट शासन ल्याउन खोजेको सरकारको व्यवहारले देखिएको बताउँदै त्यसका विरुद्ध एकपटक पुनः लड्नुपर्ने बेला आएको बताए ।
काँग्रेसले राजा, राणा र प१चायत फोर लोकतन्त्र ल्याएको बताउँदै अहिलेको कम्युनिष्ट सरकारले महंगी, भ्रष्टाचार र कर बृद्धीले जनताका ढाड सेक्ने बाहेक केही पनि काम गर्न नसकेको आरोप लगाए । सभापति देउवाले आफू सभापतिमा विजयी भएपनि पार्टीको आन्तरिक कलह मिलाउँद्यैमा समय गएको बताउँदै अब पनि पार्टीका साथीहरुले सहयोग गगरे एक्लै निर्णय लिने र साथीहरु नरिसाउनका लागि आग्रह गरे ।

सभापति देउवाले गत चुनावमा दुईवटा पार्टीहरु मिलेर कम्युनिष्टले धेरै सीट ल्याएको बताउँदै काँग्रेस एउटै पार्टी भएपनि भित्र मिल्न नसकेर पार्टीको अवस्था कमजोर भएको उनको भनाई थियो । पार्टीमा अनुशासनहीन काम गर्नेलाइ आफूले कडा कारबाही गर्न अनुशासन समितिलाई निर्देशन दिएपनि साथीहरुले बिरोध गरेको भन्दै यस्तो गर्नेको नाम केन्द्रीय समितिको बैठकमा सार्बजनिक गर्ने समेत चेतावनी दिए ।