पर्यटन/संस्कृति

धर्म परिवर्तन गराउनु अपराध हो, यो रोकिनुपर्छः गगन थापा

नवलपरासी । नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले धर्म परिवर्तन गर्नु संविधानविपरीतको कार्य भएको बताएका छन् ।

नवलपरासी पूर्व नवलपुरको दुम्किवासमा नेपाल विद्यार्थी सङ्घले आज आयोजना गरेको एसईइ उत्तीर्ण विद्यार्थिको सम्मान कार्यक्रममा उनले कुनै पनि प्रकारबाट गरिने धर्म परिवर्तन मान्य नहुने बताए ।

“धर्म परिवर्तन गराउनु अपराध हो, यो रोकिनुपर्छ”, उनले भने । धर्म कुन मान्ने नागरिकको आफ्नो व्यक्तिगत अधिकार भए पनि कसैलाई जबरर्जस्ती धर्म परिवर्तन गराउन नहुने नेता थापाको भनाइ थियो ।