राजनीति

देशका लागि राजा ज्ञानेन्द्र वा विप्लवबाट भन्दा ओली सरकारबाट खतराः डा कोईराला

बिराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोईरालाले नेपाली काँग्रेस संसदीय व्यवस्थामा अडिग भएको बताएका छन् । गिरिजाबाबूको अडान अनुसार विश्व खुल्ला अर्थतन्त्रमा रहेजस्तै नेपालले पनि स्वीकानुपर्ने बाधयता रहेको छ । राजाको पालामा केही मुलुकले सहयोग गरेजस्तै गिरिजाबाबूको पालामा पनि कमी कमजोरी भएका भएपनि काँग्रेसले नेपाललाई उदार अर्थतन्त्रमा नलेको भए समस्या हुने जिकिर गरेका छन् । नेपालले नेपाल एयरलाईन्स चलाउन गाह्रो भएको उदाहरण दिँदै गिरिजाबाबुको पालामा ९३ हजार मानिसले रोजगार दिएको बताँउदै यस बेला त्यस्तो नभएको बताए । आफू हिँसा बिरुद्धको मानिस भएके भन्दै विप्लव संगको समस्याको समाधान वार्ताबाट गर्नुपर्ने नेता कोईरालाको जिकिर छ ।

काँग्रेसका साथीहरुले बर्तमान सरकार कम्युनिष्ट नभएको भनेपनि झापा बिद्रोहबाट लागेको, माओबादी बिद्रोहबाट लागेका नेता कार्यकर्तालाई कम्युनिष्ट हुन् भन्ने उनले तर्क गरे । नेकपा दुईतिहाईको सरकारले सत्ता गर्ने आरोप लगाउने भन्दा सत्ता कब्जा गरेको आरोप लगाए । सामाजबादी पार्टीले सरकारमा बसेर सरकारकै बिरोध गर्न नमिल्ने भन्दै सरकार बाहिर बसेर सरकारको बिरोध गर्दा आफूहरु नपत्याउने बताए ।

सरकारले कर्मचारीहरुलाई लोभ्याउने, दोस्रो पटक थर्काउने धम्क्याउने काम गर्छ, तेस्रो कुरा मिडियालाई नियन्त्रण गर्ने प्रयास गर्छ, रवि लामिछानेको मुद्धा समेत त्यही भएको बताए । प्रतिपक्षका कारणले नै साईबर क्राईम, सूचना प्रबिधि बिधेयक, मानवअधिकार विधेयक, नागरिकता सम्बन्धी बिधेयक लगायतका विधेयक ल्याउन काँग्रेसका कारण सरकार डराएको दाबी गरे ।
तेस्रो कुरा आर्मी, प्रहरी र शसस्त्रलाई आफ्नो हातमा लिने, चौथो कुरा वित्तिय संस्थाका साथीहरुलाई हातमा लिइसकेका छन्, न्यायपालीका निरिह छ, निर्णय कसरी गर्छ प्रश्न छ । पाँचौ कुरा लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण अंग न्यायालयलाई स्वतन्त्र हुन नदिएकोे बताए । पञ्चायतकाल वा राजतन्त्रका बेला अहिलेको भन्दा स्वतन्त्रता भएको उनको जिकिर थियो । मानवअधिकार छ कि छैन भन्ने कुरा देखिएको छ, डा कोईरालाको शंका छ ।

बिराजनगरमा आयोजित मानवअधिकारसम्बन्धी एक कार्यक्रममा बोल्दै अरुले जे भनेपछि आफू चैं राज ज्ञानेन्द्रलाई आफूले राजा ज्ञानेन्द्र नै भन्ने बताउँदै सर्बदलीय बैठकमा भएको राजा ज्ञानेन्द्र वा विप्लवबाट भन्दा दुइएतिहाई मतको ओली सरकारबाट र उनको पार्टीका नेता कार्यकर्ताबाट देश र जनतालाई खतरा भएको उनले बताए ।