खेलकुद

हामीलाई विश्वास छ एसिया कपको उपाधी लिएरै फर्कन्छौंः कप्तान रोहितकुमार

काठमाडौं । अण्डर– १९ एसिया कप क्रिकेटमा सहभागी हुन नेपाली क्रिकेट टोली भोलि श्रीलंका जाने भएको छ । दुईसाता पछि सुरु हुने खेलको उपाधी जितेर आउने अठोटका साथ उक्त टोली श्रीलंका जाने भएको हो । श्रीलंकामा हुने खेल खेल्नुपुर्व नेपालले त्याहास्थित स्थानीय टोलीसंग खेल्ने भएको छ ।

नेपालललाई आफनो क्षमता प्रर्दशन गर्ने यो एउटा शुनौलो अवसर पनि हो । उत्त खेलका नेपाल सहित भारत, पाकिस्तान, श्रीलंकालगायतका टेष्ट नेशनहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी सेप्टेम्बर ५ देखि १४ (१९–२८ भदौ) सम्म हुने प्रतियोगितामा टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् भने नेपाल, कुबेत र यूएई एसोसिएट टिमले आफ्नो क्षमता प्रर्दशन गर्ने हुँदा खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

नेपाल आयोजक श्रीलंका, बंगलादेश र यूएईसँगै समूह ‘बी’ मा छ । हाल नेपाली टोलीले आफ्नै मुलुकमा तयारी गरिरहेको थियो । वषाका बीचमा पनि आफ्नो तयारी आशालाग्दो रहेको युवा टोलीका प्रशिक्षक विनोद दासले बताएका छन् । यस्तै एसिया कपमा नेपालको कप्तानी अनुभवी र सक्षम ब्याट्सम्यान रोहितकुमार पौडेलले गर्ने बताईएको छ ।

उक्त टोलीमा पवन सर्राफ, सन्दीप जोरा, भीम शार्की, रित गौतम, आशिफ शेख, हरिबहादुर चौहान, कुशल मल्ल, रासिद खान, कमलसिंह ऐरि, सागर ढकाल, खड्कबहादुर बोहरा, सूर्य तामाङ, लोकेशबहादुर बम र प्रतिस जिसी छन् । उनीहरुमध्ये धेरैसँग अन्तर्रा्ष्ट्रिय म्याचको अनुभवी खेलाडी पनि हुन् ।

साथै अभ्यासका क्रममा सबै खेलाडीले राम्रै तयारी गरेकाले एसीया कपको उपाधी जितेरै आउने दासको दावी छ । नेपालको अण्डर–१९ टिमले पछिल्लो दुई वर्षको बीचमा २९ वटा खेल खेलको ६ वटामा हार र अन्य खेलमा सफलता प्राप्त गरेको छ । हारेका ६ खेलमध्ये पाँच खेल सबै टेष्ट राष्ट्रसँग थियो । यो पटक भने नेपाल टेष्ट राष्ट्रलाई नै चुनौती दिने लक्ष्यका साथ मैदानमा उत्रिनेछ ।

यस्तै कप्तान रोहितले टेष्ट राष्ट्रसँग खेल्न पाउनु नेपालका लागि सौभाग्य र अवसर पनि भएकाले आफनो तर्फबाट हर सम्भव प्रयास गर्ने बताएका छन् । साथै उनले एसिया कपको लागि नेपालले सन्तुलित टिम पाएको बताए । यसअघि एसीसी यू–१९ एसिया कप छनोटमा नेपालको ओपनिङ रित गौतम र पवन सर्राफले गरेका थिए । दुबै खेलाडीको जोडी ओपनिङमा निकै जमेको थियो ।

रितले छनोटमा सिंगापुरविरुद्ध शतक बनाएका थिए । नेपालको हार हुनुको प्रमुख कारण कमजोर ब्याटिङ पनि भएको उन्को भनाई छ । उन्ले भने एसिया कपमा नेपालको लक्ष्य सेमिफाइनल पुग्ने हो तर टेष्ट राष्ट्रलाई पराजित गर्नु त्यति सजिलो भने छैन । कप्तान रोहितकुमार पौडेलेलाई पनि टेष्ट राष्ट्रलाई पराजित गर्ने विश्वास छ ।