राजनीति

भारत र पाकिस्तानको सीमाना काश्मिर विवादको बिषयमा बोल्न नेता देवको सरकारलाई चुनौती

काठमाण्डौ । नेपाली काँग्रेसका नेता एबम् राष्ट्रिय सभाका सदस्य जितेन्द्र देवले नेकपा नेतृत्वको केपी शर्मा ओली सरकारलाइ भारत र पाकिस्तानको सीमाना काश्मिरको विवादका विषयमा बोल्न चुनौती दिएका छन् । नेता देवले ओली सरकारले काश्मिरको बिषयमा नबोलेर कुटनीतिक सम्बन्धको उपहास गरेको बताउँदै सरकारले १९५० को सन्धीको बिषयमा केही बोल्न नसकेकोमा राम्रो नभएको आरोप लगाएका छन् ।

आजको राष्ट्रिय सभा बैठकमा पुर्वमन्त्री समेत रहेका नेता देवले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काश्मिरको बिषयमा सरकार सचेत भएको र नजिकबाट नियालीरहेको बताएपनि प्रष्ट नहुंदा सरकार उत्तरतिर नजिक भएको देखिएको उनको दाबी छ । नेता देवले उत्तरतिर लम्किने सरकारको प्रयासले भविश्य राम्रो नहुने बताउँदै भारतसंग बर्षौदेखीको सामाजिक, धार्मिक र आर्थिक सम्बन्धमा कत्तिको असर पर्छ ध्यान दिन जरुरी छ कि छैन सोच्नुपर्ने विचार ब्यक्त गरेका छन् ।