मनोरञ्जन

चलचित्र ‘लम्फु’बाट चर्चामा आएका कबिर र एलिशा ‘भिडियो

काठमाण्डौ । नेपाली चलचित्र एबम सुगम गीतकी चर्चित गायिका मेलिना राई र गायक हेमन्त श्रेष्ठको आवाजमा रहेको यूगल गीत‘पंखा एसी’ को म्युजिक भिडियो सार्बजनिक भएको छ।

डि.पी खनालको शब्द, शंकर थापा स्माईलको संगीत र विश्व अधिकारीको संगीत संयोजन रहेको गीतमा नेपाली चलचित्र ‘लम्फु’बाट चर्चामा आएका नायक ‘कबिर खड्का’ मोडेल एलिशा अधिकारी र ज्योस्ना श्रेष्ठको अभिनय रहेको छ। अजय रेग्मीको छाँयांकन रहेको भिडियोलाई पदम सुबेदीले सम्पादन र मिलन बिश्वकर्माले कलरिङ गरेका छन ।

शिव बिकको कोरियोग्राफी तथा निर्देशन रहेको ‘पंखा एसी’ को भिडियो ‘डश म्युजिक नेपाल’को अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।