आर्थिक

विद्युत् प्राधिकरण इनरुवामा सवा करोड राजश्व सङ्कलन

इनरुवा । गत आर्थिक वर्षमा नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रले सवा करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । प्राधिकरणले आव २०७५ः७६ मा रु एक करोड ४५ लाख ५१ हजार ४० राजश्व सङ्कलन गरेको प्राधिकरण इनरुवा प्रमुख ई। सञ्जीवकुमार साहले बताए । वितरण केन्द्र इनरुवाले जारी गरेको वार्षिक प्रगति प्रतिवेदनमा काटिएका विद्युत्लाइन, कालोपाटी सूची, डाइरेक्ट हुकिङ र मिटर चुहावटतर्फ कारवाहीवापत झण्डै रु एक करोड ५० लाख राजश्व सङ्कलन भएको जनाएको छ ।

आव २०७५ः७६ मा तोकिएको समयभित्र बिल नबुझाउने ६११ जनाको लाइन काटिएको छ । जसमध्ये ५९७ बाट रु एक करोड २६ लाख ६० हजार ९८० असुली गरिएको प्राधिकरणका इनरुवा प्रमुख साहले बताए । त्यसैगरी प्राधिकरणले १५२ कालोसूचीमा परेकामध्ये केवल छ जनाले मात्र जरिवाना बुझाएको उनीहरुबाट रु चार लाख आठ हजार ७६९ मात्र उठेको छ ।

यसैगरी ५०२ डाइरेक्ट हुकिङ हटाएकाबाट रु ११ लाख १४ हजार ५६ राजश्व असुुली भएको प्रमुख साहले बताए । मिटर चुहावट असुली रकम तीन लाख ६७ हजार २३५ रहेको प्राधिकरण इनरुवाले जनाएको छ ।