राजनीति

विश्वबिद्यालयमा राजनीति भर्ति तत्काल बन्द गर्नुपर्दछः नेता थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले विश्वविद्यालयमा राजनीतिक भर्ती बन्द गर्न सरकारलाई आग्रह गरेका छन् ।

विश्वविद्यालयलाई पार्टीको भागवण्डामा पार्दा विश्वविद्यालयहरू बर्बाद र हुनुका साथै छवीभुमीलिएको बताउँदै नेता थापाले गल्ती सुधारी विश्वविद्यालयमा राजनीतिक भर्ती बन्द गर्न आग्रह गरेका हुन् ।

सामाजिक सञ्जाल ट्वीट् मार्फत नेता थापाले विश्वविद्यलालयलाई पार्टीको भागवण्डामा पारी पार्टीको छाँया बनाउने परिपार्टी त्याग्नपनि सबैमा आग्रह गरेका छन् ।

विश्वविद्यालयलाई हामीले बर्बाद बनाउनुमा सकैको उत्तिकै हात रहेको बताउँदै थापाले यो विषयमा कुनै एउटा राजनीतिक दल ले मात्र नभई सबैले गम्भिर भएर जिम्मेवारी निभाउनु पर्ने उनको भनाई छ ।

विश्वविद्यालयको अस्तित्व जोगाई राख्नका लागि सबै एकजुट हुनुपर्ने बेलाआएको बताए । साथै उनले सरकारलाई विश्वविद्यालयलाई पार्टीको छाया बनाउने र दलीय भागवण्डामा पदाधिकारी छनोट गर्ने प्रक्रिया तत्काल बन्द गर्न आग्रह गरेका छन् ।

उनको ट्वीटः हाम्रो विश्वविद्यालयलाई हामीले बर्बाद बनाएका छौँ। यो कुनै एकको कारणले मात्र भएको होइन, हामी पनि जिम्मेवार छौँ । यसलाई सुधारौँ ( भागबन्डालाई बन्द गरौँ। विश्चविद्यालयलाई पार्टीको छाया नबनाउ र विश्वविद्यालयको पदाधिकारी छनोट गर्ने प्रक्रिया बदलौँ।