अन्तर्राष्ट्रिय

चीनमा पूर्व प्राथमिक विद्यालयको सङ्ख्यामा उल्लेख्य वृद्धि

बेइजिङ । चीनमा पछिल्लो समय पूर्व प्राथमिक शिक्षाका लागि खोलिएका विद्यालयको सङ्ख्यामा अत्यधिक वृद्धि भएको पाइएको छ । शिक्षा मन्त्री चेन बाओशेङले बिहीबार दिएको जानकारी अनुसार देशभरी पूर्व प्राथमिक विद्यालय २ लाख ६७ हजार पुगेका छन् ।

ती विद्यालयहरूमा ४६.५६ मिलियन बालबालिका जाने गर्दछन् भने ४.५३ जना शिक्षक शिक्षिका रहेका छन् । यो तथ्याङ्क सन् २०१८ को अन्त्यतिरको हो । सन् २०१० देखिको तथ्याङ्क हेर्दा पूर्व प्राथमिक शिक्षामा संलग्नहरुको संख्या अत्यधिक बढ्दै गएको देखिएको उनले बताए ।

नेशनल पिपल्स कङ्ग्रेसको स्थायी समितिको एक कार्यक्रममा बोल्दै शिक्षा मन्त्री बाओशेङले पूर्व विद्यालय शिक्षामा बृद्धि हुनु सकारात्मक भएको र त्यसले राम्रा नतिजा दिएको बताए ।