समाचार

राष्ट्रपती, प्रधानमन्त्रीद्वारा र उपराट्रपति गौरा पर्वको सम्पुर्णमा शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहु साँस्कृतिक विशेषता हाम्रो देशका अमूल्यहरु निधि भएको बताएका छन् ।

गौरापर्वको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले देशका विभिन्न भूभागमा बोलिने भाषा र विभिन्न क्षेत्रका संस्कृति, भेषभूषा, रितिरिवाज र संस्कारले विविधता बीच एकता, आपसी सम्बन्ध र सामाजिक सद्भावको सम्मिलन गराएको उल्लेख गरेका छन् ।

“ हाम्रा चाड पर्व जीवन्तअन्तर–सांस्कृतिक अन्र्तघुलनका अनुपम उदाहरण हुन”प्रधानमन्त्री ओलीले सन्देशमा भने छ “ सद्भाव र एकताको प्रवद्र्धन गर्ने हाम्रा अनेकौं पर्व र साँस्कृतिक अवसरहरु मध्येको एक गौरा पर्वले समस्त नेपाली दिदीवहिनी दाजुभाइहरुबीचको आपसी सद्भावलाई अझ मजवूत बनाउने विश्वास गर्दछु ।”

खासगरी कर्णालीप्रदेश र सुदुरपश्चिम प्रदेशमा मनाइने विशेष हर्ष र उल्लासका साथ मनाइने गौरा पर्व नेपालको एक विशिष्ट पहिचान झल्काउने पर्वको रुपमा परिचित रहेको प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले गौरापर्वले राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पु्रयाएको बताएकि छन् । गौरापर्वको शुभकामना सन्देश दिँदै उनले नेपाली समाजमा गौरापर्वको आफ्नै ऐतिहासिक एवं पौराणिक महत्व रहेको उल्लेख गर्दै यस्ता लोक परम्परा एवं सांस्कृतिक पर्वले विविधतामा एकता, सामाजिक र सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पु्रयाउएदै आएको बताईन् ।

उनले सन्देशमा भनेकि छन् , “विशिष्ट सांस्कृतिक महत्व बोकेको गौरापर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सबैमा उत्साह एवं उमङ्ग जागृत गर्न सहयोग पुर्याएको विश्वास लिएको छु ।”

यस्तै उपराट्रपति नन्दबहादुर पुनले गौरा पर्वले धार्मिक सहिष्णुता र सद्भावलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । सुदूरपश्चिम प्रदेशलगायत अन्य क्षेत्रमा मनाइने गौरा पर्वको अवसरमा आज शुभकामना दिँदै उहाँले गौरा पर्व, देउडा संस्कृति सुदूरपश्चिम प्रदेशको मात्रै नभई नेपाल राष्ट्रकै पहिचान भएको बताएका हुन् ।