राजनीति

प्रधानमन्त्री ओली विदेशी शक्तिसंग झुक्नु लज्जास्पदः नेता रावल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता भीम रावलले प्रधानमन्त्री केपि शर्मा ओली विदेशि सक्तिहरुसंग झुकेको बताएका छन् । 

आफ्नै पार्टीका अध्यक्ष ओलीका विरुद्ध  सामाजिक सञ्जालमार्फत टवीट गर्दे नेता रावलले प्रधानमन्त्री ओलीले आफ्नो मर्यादा बीपरित कार्य गरेको भन्दै आपत्ति जनाएका हुन् ।

ट्वीट मार्फत रावलले प्रधानमन्त्री जस्तो जिम्मेवार पदका रहेको व्यक्तिले कुनैपनि मुलुकको विदेशमन्त्री छुट्टै गोप्य कुटनीतिक वार्ता गर्नु लज्जास्पद र मर्यादा विपरित भएको बताएका छन् । कुनै पनि व्यक्तिसंग भेटवार्ता गर्दा हरेक राजनीतिक दल देखी उच्च पदस्थ व्यत्तिले पदिय मर्यादालाई ख्याल गर्न उनले आग्रह गरेका छन् ।

औपचारिक भ्रमण र वार्तामा पदीय हैसियत वा स्तर प्रोटोकललाई जहाँपनि ध्यान दिईने भन्दै प्रधानमन्त्रीको उक्त कार्यप्रति आपक्ति जनाएका छन् । साथै उनले नेपाल जस्तो देशले विषय विज्ञ र सम्बन्धित कर्मचारी राखी वार्ता गर्नु उचित हुने बताए ।

मुलुकमा विभिन्न राजनीतिक दलले आफनो पद र हैसीयत भुलेर कुट्नीतिक भेटवार्ता गर्ने प्रवृति पटक–पटक सार्वजनीक भैरहेको हुन्छन् ।

 

उनको ट्वीट्ः प्रधानमन्त्रीले अर्को देशका विदेश मन्त्रीसंग अलग्गै गोप्य भेटवार्ता गर्नु कुटनीतिक मर्यादा र आचरण विपरीतको कार्य हो ।औपचारिक भ्रमण र वार्तामा पदीय हैसियत वा स्तर प्रोटोकललाई जहाँपनि ध्यान दिइन्छ । नेपाल जस्तो देशले विषय विज्ञ र सम्बन्धित कर्मचारी राखी वार्ता गर्नु उचित हुन्छ