आर्थिक

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

काठमाडौँ । मन्जुश्री फाइनान्स लिमिटेडले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता संचालनमा ल्याएको छ । न्युनतम मौज्दात रु. ५०००/- मा बचत कर्ताहरुले वार्षिक ८.२५५ व्याजदर प्राप्त गर्न सक्ने छन् ।

जसमा निःशुल्क डेविट कार्डका साथै जुनसुकै एटिएम् बाट बिना शुल्क रकम झिक्न सकिने छ, साथै निःशुल्क चेक बुक, बिना शुल्क बैंक स्टेटमेन्ट, जुनसुकै बेला पनि लिन सकिने छ ।

एस्.एम्.एस् बैंकिङ्ग, सि-ए.एस्.बिए, आईपिएस् सर्भिस् एण्ड कनेक्ट आईपिएस् र ईसिसि (चेक क्लियरेन्स सर्भिस्) जस्ता सुविधाहरु प्नि निःशुल्क उपलब्ध छन ।

यस मन्जुश्री फाइनान्स लिमिटेडको चुक्ता पूँजी रु ८० करोड ४० लाख रहेको छ । यस फाइनान्सको असार मसान्तसम्म रु. ७ अर्ब ३० करोड निक्षेप संकलनतथा रु. ६ अर्ब ५५ करोड कर्जा लगानी रहेको छ ।

मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रिय कार्यालय, नयाँबानेश्वर काठमाण्डौंमा रहि न्युरोड काठमाण्डौ, नारायणगढ, बुटवल, धनगढी, इटहरी, बिराटनगर, नेपालगञ्ज, धरान, पोखरा तथा बिरगञ्ज शाखाबाट कारोबार गरिरहेको राष्ट्रिय स्तरको वित्तिय संस्था हो ।

यस फाइनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकहरुलाई रेमिटान्स सुविधा समेत उपलब्ध गराउँदै आएको छ ।