राजनीति

देउवा, पौडेल वा कोईराला गुटको नभनी सच्चा नेपाली काँग्रेस बनौंः बरिष्ठ नेता पौडेल

वीरेन्द्रनगर । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले देशभरका कार्यकर्तालाई देउवा काँग्रेस वा पौडेल काँग्रेस वा कोईराला काँग्रेस नभनी नेपाली काँग्रेस भनेर जनतासँग जान आग्रह गरेका छन् ।

जनताले कम्युनिष्टको भरोसा गरेर स्थानीय तह, प्रतिनिधि सभा र संघमा मतदान गरेका भएपनि पछिललो समय जनताको ईचछा अनुसार कम्युनिष्ट सरकारले काम गर्न नसक्दा सरकारप्रति जनताले बेक्कार मतदान गरेका रहेछौं भन्ने अनुभव गरिरहेको बताएका छन् ।

कर्णली पुगेर कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेता पौडेलले राजतन्त्र कसैले चाहेर पनि फर्किने अवस्था बर्तमानमा नरहेको दाबी गर्दै अदालत, प्रेश, अख्तियार लगायतका लोकतन्त्रका सुन्दर पक्षलाई नेकपा सरकारले डरत्रास भय श्रृजना गराएर उकुसमुकुसको अवस्था बनाएको बताए ।

उनले काँग्रेसमा ईमान्दार नेता कार्यकर्ताको मुल्याङ्कन नभएको भन्दै पार्टीले पारदर्शी ढंगले अगाडी बढ्नुपर्ने विचार व्यक्र गरेका छन् ।