समाचार

नेता नेपाल भन्छन् ‘प्रधानमन्त्रीले मेरो शुभकामना अस्विकार गर्नुभयो’

काठमाडौँ । बिहिबार बसेको नेकपा सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले उनले गरेका स्वास्थ्यलाभको शुभकामना प्रधानमन्त्री ओलीले अस्वीकार गरेको बताएका छन् ।

स्वास्थ्य उपचारका लागी ओली सिंगापुर जानु अगाडी बसेकोे बैठकमा आफूले स्वास्थ्यलाभको शुभकामना दिँदा प्रधानमन्त्री ओलीले तपाईँको शुभकामना चाहिँदैन भनेर कठोर जवाफ फर्काएको उनले बताए । त्यसपछि दुई नेताबीच भनाभन भएको एक सचिवालय सदस्यले बताए ।

प्रधानमन्त्री ओलीले आफ्नो अनुपष्थितिमा सहमतिका आधारमा निर्णय गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाललाई अधिकार दिएका थिए । आफूले अध्यक्ष तथा प्रधानमन्त्रीलाई चाँडै निको भएर आउनुस् भन्दा ओलीले तपाईँको शुभकामना चाहिँदैन भनेर आक्रोशित भएर जबाफ दिएको नेता नेपालले एक प्रतिष्ठित अनलाईनलाई बताए ।