राजनीति

राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्दै भारतका बाह्य मामिलामन्त्री जयशङ्कर

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको भ्रमणमा रहेका भारतका बाह्य मामिलामन्त्री सुव्रमण्यम जयशङ्करले आज राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेट गरे ।

त्यस अवसरमा नेपाल–भारत सम्बन्धका साथै पारस्परिकहित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । भेटमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेल र नेपालका लागि भारतका राजदूत मञ्जीभसिंह पुरीको उपस्थिति थियो ।

नेपाल–भारको संयुक्त आयोगको बैठकमा सहभागि हुनलाई जयशंकर बुधबार नेपाल आएका थिए । उनले हिजो बुधवार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । आज बिहान पशुपतिनाथको दर्शन सकेर राष्ट्रपति भण्डारीसँग भेटेका थिए ।