आर्थिक

नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र युनाईटेड फाईनान्सबीच सम्झौता

काठमाडौँ । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. र युनाईटेड फाईनान्स लिकिटेडबीच बुधबार तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौताअनुसार एन.बी.आईले युनाईटेड फाईनान्स लि. का कर्मचारीहरुको कार्य दक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

उक्त सम्झौतापत्रमा युनाईटेड फाईनान्स लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।